Follow us: Youtube Android App
Somersby Nepal
रात्रीबसको यात्राबारे एउटा कथाः सीट नं- १२
१५ साउन २०७३


“नानी एक्लै जाँदैछेस्…! बाटोमा अलिख चनाखो हुनु…। आइमाई भएको सिट मिलाएर बस्नु है, लामो बाटो छ…।” म हिँड्ने बेलामा आमाले नारी हुनुको कमजोरी अथवा भनौ आमा हुनुको स्वाभविक गुण देखाउदैँ मलाई ममत्व पस्कनु भयो । उहाँका आँखाबाट पुर्लुक्क आँशु झरे । मलाई यो नारीको कमजोरीपना त्यति उचित लागेन । त्यसैले मैले पनि नारी गुण देखाएर आमाको सार मिलाउनुको सट्टा नदेखेजस्तो गरेर टारेँ ।

काम विशेषले म काठमाडौँबाट विराटनगर जानुपर्ने थियो । घरमा बूढा भईसक्नुभएका आमा-बुबामात्र हुनुहुन्थ्यो । दाजुभाइहरू सबै परदेशमै थिए । त्यसैले मेरो सहयोगी कोही पनि थिएनन् । अर्कोतिर मैले आˆनो सक्षमताको परिचय दिनु पनि थियो । त्यसकारण मैले मेरो यात्रा एक्लै नै गर्नुपर्ने थियो । आमा-बुबाको दृष्टिमा त म कमजोर नारीकै रूपमा गनिन्थेँ । त्यसैले पनि सुरक्षा र सजिलोको दृष्टिले मलाई दिउँसोको बसमा जाने सल्लाह दिनुभयो ।

म आफ्नो सामान बोकेर हिडेँ । बस स्टेण्डमा पुगेर टिकट काटेँ । विद्यार्थी सहुलियत भाडा दिएपछि मलाई चौध नं.को सिट देखाइदियो । सहुलियत दर भाडा वा रोजिएको अगाडिको सिट दुबैमा मैले एकलाई चुन्नु थियो । मैले सोचेँ- “आखिर गाडि एउटै त हो नि…अगाडि बसे पनि पछाडि बसे पनि के को फिक्री ?”

गाडीमा चढेँ । दाहिनेपट्ट िझ्यालको सिट चौध नंको रहेछ । आˆनो सामान त्यही सिटमुनिहालेँ, केही माथी छज्जीमा राखेँ । मनमा कौतूहल जाग्यो- “अर्कौ खाली सीट कसको होला ? आइमाई होला कि लोग्नेमान्छे ? तरुनी वा तन्नेरी नै होलान कि बुढाबुढी ? तल्लो स्तरका भुत्रे झामे्र काम गर्ने ढाक्रे खालका होलान कि उच्च स्तरका स्मार्ट…? म सोच्दै बसेँ …....