Follow us: Youtube Android App
Somersby Nepal
पानी किनेरै बने दलित बस्तीमा घर
२३ असार २०७४


काठमाडौं  ।  भूकम्पपछि पानीको मुहान सुकेर समस्यामा परेका मण्डन देउपुर नगरपालिका–९ दलित बस्तीमा भूकम्पबाट भत्किएका घर पानी किनेर पुनर्निर्माण गरिएको छ । भूकम्पले सबै घर पूर्ण रूपमा क्षति भएपछि र खानेपानी नभएपछि उनीहरूले प्रतिलिटर एक रूपैयाँको दरले पानी किनेर यहाँको दलित बस्तीमा घर निर्माण गरिएको हो । 

छाप्रोमा बसेर कष्टपूर्ण जीवन गुजारा गरिरहेका यहाँका दलितहरूले ५१ घरधुरी पुनर्निर्माण गरेर बस्न थालेका छन् । “घर बनाउन पानी नभएपछि एक हजार लिटरको एक हजार रूपैयाँ तिरेर घर बनायौं,” स्थानीय चनमति तोलाङ्गेले भनिन्, “२० हजारभन्दा बढी त पानी किन्नका लागि पैसा लाग्यो, के गर्नु छाप्रो कष्ट सम्झेर पानी किनेरै भए पनि बनाउनुप¥यो ।”

संस्थाहरूबाट तीन लाख रूपैयाँबराबर सहयोग गरिएको र नपुग रकम आफैंले हालेर भए पनि बनाएको उनीहरूको अनुभव छ । “अहिले पनि एक गाग्री खानेपानी ल्याउन ४÷५ घण्टा लगाएर कुवापानी .............

Source