Follow us: Youtube Android App
Somersby Nepal
नेपालकै दोस्रो लामो पुल निर्माणको काम रोकियो
२८ असार २०७४


दाङ । दाङ देउखुरीस्थित राप्ती नदीमा निर्माणाधिन नेपालकै दोस्रो लामो पुलको काम वर्षा लागेसँगै रोकिएको छ । सिसहनिया-महदेवा जोड्ने पुल निर्माणको काम रोकिएको करिब दश दिन भइसकेको छ ।

निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनि अनक कन्स्ट्रक्सन प्रालिले पानीको सतह घट्नासाथ पुनः कामलाई जारी राख्ने जनाएको छ । काम रोकिएको मौकामा पुल निर्माणमा प्रयोग गरिएका मेसिनरी औजारहरुको मर्मतको काम चलिरहेको छ ।


राप्ती गाउँपालिका वडा नम्बर ७ सिसहनियाँदेखि गढवा गाउँपालिका वडा नम्बर २ को महदेवा जोड्ने राप्ती पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री प्रचण्डले गत मंसिर २२ गते गरेका थिए । यो पुल पाँच वर्षभित्र बनाइसक्ने लक्ष्य छ । तर, अहिलेकै रफ्तारमा काम भए पाँच वर्ष अघि नै बनाउन सकिने निर्माण कम्पनिका ..............

Source