Follow us: Youtube Android App
Somersby Nepal
काठमाडौंको फोहोरबाट ७ मेगावाट बिजुली, लगानीबोर्डले दियो दुई संस्थालाई जिम्मा
२९ असार २०७४


काठमाडौं । काठमाडौंको फाहोरबाट बिजुली निकालिने भएको छ । काठमाडौं महानगरका ३२ वडा तथा काठमाडौं उपत्यकाका १० नगरपालिकाहरुबाट संकलन गरिएको फोहोरबाट बिजुली निकालिने भएको हो । 

“उक्त स्थानको फोहोर संकलन गरी विद्युत निकालिने छ,” लगानीबोर्डका परामर्शदाता आशिष गजुरेलले बाह्रखरीसँग भने, “काठमाडौंमा दैनिक रुपमा उत्पादन हुने ७ सय मेट्रिक टनभन्दा बढी संकलित फोहोरबाट ५देखि ७ मेगावाट बिजुली उत्पादन गर्न सकिनेछ ।”

काठमाडौंको फोहोर व्यवस्थापन गर्नमा लगानी बोर्डले समन्वय गर्ने भएसँगै फोहोरबाट बिजुली निकालिने प्रक्रियाले साकार रुप लिन लागेको गजुरेलले प्रष्ट पारे ।  

“फोहोर व्यवस्थापनका लागि बोर्डले नेपाल र फिनल्याण्डका दुई अलग–अलग संस्थालाई जिम्मा दिने सहमति अन्तिम चरणमा पुगेको छ,” गजुरेलले बाह्रखरीसँग भने, “यस विषयमा हामी निरन्तर छलफलमा छौं, रिजल्ट राम्रो आउनेमा सकारात्मक छौं ।”  नेपालको अर्गेनिक भिलेज र फिनल्याण्डको कम्प्युनिकेशन संस्थालाई लगानीबोर्डले फोहोर व्यवस्थापनको जिम्मा .............

Source