Follow us: Youtube Android App
Somersby Nepal
चावहिल–साँखु सडक अलपत्र, सरकारी निकाय नै दोषारोपणमा
३० असार २०७४


काठमाडौं । सम्बन्धित निकायको अकर्मण्यताका कारण चावहिल–साँखु सडकखण्ड निर्माणकार्य अलपत्र बनेको छ । सडकको आकार बढाउने जिम्मा लिएको उपत्यका विकास प्राधिकरणले अनधिकृत रुपमा बनेका घर, टहरा हटाउने नाममा क्रेन र डोजर लगाएर घरहरु भत्काए पनि त्यसपछिको निर्माणको जिम्मेवारी पूरा नगर्दा उक्त सडकखण्ड कुरुप र धुलाम्मे बनेको छ । 

“घर भत्काउने क्रम जारी छ, अनधिकृत रुपमा बनेका घरहरुमा स्टिकर टाँस्ने काम भइरहेको छ,” प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त दीपक श्रेष्ठले भने, “हामीले घरमात्र भत्काएका हौं सडक बिगारेर धुलो उडाउने काम गरेका छैनौं ।”

यता काठमाडौंका सडक मर्मत, सम्भारको जिम्मा पाएको मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयसमेतले उक्त सडक निर्माणमा चासो देखाएको छैन ।  सडक मर्मत सम्भारको जिम्मा पाएको विभाग आफ्नो जिम्मेवारीप्रति बेखवर बनिदिँदा उक्त सडकखण्डमा दैनिक यात्रा गर्ने हजारौंको संख्यामा यात्रु र व्यावसायीहरुले धुलो र हिलोको मार खेपिरहनुपरेको ............

Source