Follow us: Youtube Android App
Somersby Nepal
ललितपुर महानगरको प्रस्तावः एकान्तकुना, ग्वार्को र सातदोबाटोमा इन्टरसेक्सन फ्लाइओभर
३१ असार २०७४


काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुर भित्रिन र बाहिरिन प्रयोग हुने प्रमुख चोकहरुमा इन्टरसेक्सन फ्लाइओभर निर्माण गर्ने भएको छ । शनिबार बसेको नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र प्रस्तावित बजेट प्रस्तुत गर्दै मेयर चिचरीबाबु महर्जनले पूर्व घोषणा अनुसार कुपण्डोलदेखि बाग्मतीसम्म १.४ किलोमिटरको फ्लाइओभर बनाइने बताएका छन् ।

साथै ललितपुरका मुख्य नाकामा पनि इन्टरसेक्सन फ्लाइओभर बनाउन सम्भाब्यता अध्ययन गर्ने बताए । ‘चक्रपथबाट ललितपुर आउँदा एकान्तकुना, ग्वार्को र सातदोबाटोमा निकैबेर जाम खेप्नुपर्छ । अब यो अवस्था हटाउन त्यहाँ इन्टरसेक्सन फ्लाइओभर राख्न सम्भाब्यता अध्ययन गर्नेछौं’ मेयर मर्जनले भने ।

पार्किङको समस्या हटाउन भर्टिकल पार्किङको पनि सम्भाव्यता अध्ययन अध्ययन गरिने उनले बताए । नगर यातायात गुरुयोजना बनाएर सडक, ढल र अन्य शहरी पूर्वाधारको निर्माणका गति दिइने पनि...............

Source