Follow us: Youtube Android App
Somersby Nepal
समयमै काम सक्न ऊर्जा मन्त्रालयको निर्देशन
२३ भदौ २०७४


काठमाडौं । नेपाल विद्युत् प्राधिकरण तथा प्राधिकरणअन्तर्गतका कम्पनीहरूबाट निर्माणाधीन जलविद्युत् आयोजनाहरूलाई समयमै काम सम्पन्न गर्न ऊर्जा मन्त्रालयले निर्देशन दिएको छ । सम्बन्धित आयोजनाका प्रमुखहरूसँगको भेटको क्रममा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले यस्तो निर्देशन दिएका हुन् ।

जलविद्युत् आयोजनाहरूको पछिल्लो अवस्थाबारे जानकारी लिन मन्त्रालयले आयोजना गरेको बैठकमा ऊर्जामन्त्री शाहीले जलविद्युत् आयोजनाहरूमा देखिएका समस्याबारे आफू गम्भीर रहेको बताए । ‘तोकिएकै समयमा काम सम्पन्न गर्न म, मेरो तर्फबाट पनि पहल गर्नेछु,’ उनले भने, ‘समयमै आयोजनाहरू सम्पन्न भए मागअनुसारको विद्युत् आपूर्ति गर्न सकिनेछ ।’

नेपाल विद्युत् प्राधिकरण तथा प्राधिकरणअन्तर्गतका ११ ओटा जलविद्युत् आयोजनाका प्रमुखसँग आयोजनाहरूको प्रगति विवरणबारे मन्त्री शाहीले जानकारी लिएका थिए । बैठकमा सम्बन्धित आयोजनाका प्रमुखहरूले वनको जग्गा प्राप्ति, स्थानीय जनताको मुआब्जा वितरणका साथै ठेकेदारबाट देखिएका समस्या प्रस्तुत गरेका थिए ...