Follow us: Youtube Android App
Somersby Nepal
सिमेन्ट उद्योगको तातो हावाबाट देशमै पहिलोपटक यसरी गरिँदैछ विद्युत् उत्पादन
२३ भदौ २०७४


काठमाडौं । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ ।

मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका पशुपति मुरारकाले रासससँग कुरा गर्दै भने–‘नेपालको ऊर्जा क्षेत्रमा नयाँ प्रयोग गर्ने लक्ष्यका साथ पहिलो चरणमा २.५ मेगावाट विद्युत् उत्पादन गरिनेछ, दोस्रो चरणमा थप १.५ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।’

चार मेगावाट विद्युत् उत्पादन गर्न उद्योगमा थप रु ८० करोड लगानी गरिने मुरारकाले जानकारी दिए...

Source