Follow us: Youtube Android App
Somersby Nepal
रेल चलाउने मोडालिटीबारे अन्योल, भाडामा दिने तयारी
२७ भदौ २०७४


काठमाडौं । सन् २०१८ को अन्त्यसम्ममा रेल चलाउन लिक तयार हुने समाचार सार्वजनिक भइरहेका बेला रेल कसरी चलाउने भन्नेमा सरकार स्वयं अन्योलमा परेको छ । रेल आफैं किनेर चलाउने अथवा यसको विकल्प खोज्ने भन्नेमा सरकार अन्योलमा परेको हो ।

विभागीय मन्त्रालय समक्ष रेल्वे विभागले रेल किन्ने प्रस्ताव गरिरहेका बेला रेल कसरी चलाउने भन्नेतर्फ सरकार अल्झिएपछि रेल तोकिएको मितिमा सञ्चालनमा आउनेमा शंका उत्पन्न भएको छ । यद्यपि अर्थ मन्त्रालयले बजेट निर्माण गर्दासम्म रेल किन्न बजेट माग नगरिएको भन्दै बजेट छुट्याएको थिएन । विभागले जनकपुर–जयनगर–बर्दीबास खण्डमा रेल चलाउन दुईटा इन्जिन र १२ वटा डब्बा खरिद गर्न ३ अर्ब रुपैयाँ बजेट मागेको थियो ।

लिक तयार हुने लगभग निश्चित भएपछि रेल्वे विभागले रेल कसरी चलाउने भन्ने सन्दर्भमा ‘वर्कआउट’ गरिरहेको जनाएको छ । भर्खरै सम्पन्न नेपाल–भारत बैठकमा समेत यसबारे छलफल भएको थियो । उक्त छलफलमा नेपालमा रेल सञ्चालनबारे दुवैतर्फबाट केही प्रस्ताव गरिएका थिए ।

छलफलमा नेपालले आफैं रेल चलाउने वा आउटसोर्सिङ गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो । “हामी आफैंले रेल किनेर चलाउने वा आउटसोर्सिङ गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । हामीले बैठकमा केही प्रस्ताव राख्यौं, उनीहरुले पनि केही प्रस्ताव राखेका थिए । तर निष्कर्षमा पुग्न भने बाँकी छ,” रेल्वे विभागका प्रवक्ता प्रकाश उपाध्यायले भने, “यसका लागि अहिले पनि हामी वर्कआउट गरिरहेका छौं । अध्ययन भइरहेको छ, चाँडै निष्कर्षमा पुग्नेछौं ...

Source