Follow us: Youtube Android App
Somersby Nepal
नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्षमाथि गोली प्रहार गरी हत्या
२३ असोज २०७४


काठमाडौं । नयाँबानेश्वरको शान्तिनगर क्षेत्र नजिक रहेको खरिबोटमा गोली चलेको छ । अज्ञात समूहले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचनमाथि लक्षित गर्दै गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गौचन डाँफे कन्सट्रक्सनका प्रबन्ध निर्देशक समेत रहेका थिए । घाइते गौचनलाई सिभिल अस्पताल लगिएको  थियो । बानेश्वर प्रहरीका डिएस्पी रवि कुमार पौडेलका अनुसार उपचारको क्रममा उनको मृत्यु भएको छ...

Source