Follow us: Youtube Android App
Somersby Nepal
भूकम्पपिडितले घर धितो राखेरैे ३ लाख निर्व्याजी ऋण पाउने, अग्रिम तेस्रो किस्ता पनि पाइने
२३ असोज २०७४


काठमाडौं l भूकम्प पिडितहरुले बन्दै गरेको घर धितो राखेर तीनलाख रुपैयाँ निब्र्याजी ऋण पाउने भएका छ्न । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले भूकम्प पिडितहरुको घर निर्माणका लागि सामुहिक जमानीमा ऋण उपलव्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै बन्दै गरेको घर धितो राखेर पनि निब्र्याजी ऋण पाइने व्यवस्था लागू गरेको हो ।

सामुहिक जमानीमा निब्र्याजी ऋण दिने व्यवस्थालाई कारण देखाएर बैंकहरुले भूकम्प पिडितलाई कर्जा प्रवाह गर्न आनाकानी गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा सरकारले उक्त कार्यविधिलाई संशोधन गरि बन्दै गरेको घर समेत धितो राखेर निब्र्याजी ऋण दिने नयाँ प्रावधान लागू गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. गोविन्दराज पोखरेलले बताए ।

‘सरकारले दिने तीनलाख रुपैयाँ अनुदानले घर बनाउन समस्या भएका लाभग्राहीलाई निब्र्याजी ऋणले ठुलो सहयोग पुग्ने बिश्वास छ, सिइओ पोखरेलले भने, ‘हामीले इजाजत प्राप्त सवै बैंकहरुबाट निब्र्याजी कर्जा प्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई समेत भनिसकेका छौं, आशा छ पछिल्लो व्यवस्थाले निजी आवास पुनर्निर्माणलाई थप गति दिनेछ...

Source