Follow us: Youtube Android App
पूर्वराजा ज्ञानेन्द्रको चिन्ता : नेपाल नै बच्ने हो कि होइन ?
२६ पुष २०७३

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन परिस्थितिलाई दृष्टिगत गरेर आफूले नारायणहिटी राजदरबार छाडेको बताएका छन् । तर, राष्ट्रप्रतिको जिम्मेवारीबाट नपन्छिएको उनले बताएका छन् ।

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजाले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरबारबाट बाहिरिएका हौं । तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं ।’

आफूले नारायणहिटी छाडेको एक दशक नपुग्दै देशै नबच्ने हो कि भन्ने अवस्थामा पुगेको भन्दै पूर्वराजाले देशलाई कसैको क्रिडास्थल बन्न नदिने बताएका छन् । उनले भनेका छन्- ‘दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं । देश कसैको क्रिडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन .....