Follow us: Youtube Android App
Somersby Nepal
भिजिबिलिटी कम भएपछि जेट विमान अवतरणमा समस्या
२८ पुष २०७३


काठमाडौं  त्रिभुवन विमानस्थल परिसरमा भिजिबिलिटी कम भएपछि उडान केही प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएको हो  बाक्लो हुस्सुका कारण अहिले त्रिभुवन विमानस्थलमा अतवरणको पर्खाइमा रहेका जेट एयर विमान प्रभावित भएका छन् । अहिले अवतरणको पर्खाईमा रहेका विमानलाई होल्ड गर्न लगाइएको छ । घाम लाग्न सुरु भएकाले केही समयमा अवतरण गर्न सकिने त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेम ठाकुरले जानकारी दिए ।

विमानमा होल्ड गर्नका लागि फ्युललगायतका सामग्री भए अझै केही बेर होल्ड गरेर यही अवतरणको प्रयास हुने र रिर्जभ सामान नभए नजिकैको विमानस्थल भारतको लखनउमा डाइभर्सन गर्न सकिने ठाकुरले जानकारी दिए ।