Follow us: Youtube Android App
उपत्यका सडकः रातभर खनिन्छ,बिहानै पुरिन्छ (फोटो फिचर)
२८ पुष २०७३

काठमाडौं l उपत्यकामा सडक खनेर खानेपानी पाइप बिच्छ्याउने काम धमाधम भैरहेको छ। मेलम्चीको पानी उपत्यकामा भित्र्याउने अन्तिम तयारीमा पाइप विस्तार र ट्यांकीहरु निर्माणको काम चलिरहेको छ।

बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म सडक खन्ने, पाइप बिच्छ्याउने र खनेको सडक पुरेर छाड्ने गरिन्छ। त्यही सडकमा दिनभर सवारी गुड्छन्, यात्रुहरु कुँद्छन्। फेरी राति उहि समय तालिकामा काम चल्छ। पाइप बिछ्याउन खनिएका मूल सडकमा डोजर र लोडर लगाएर अस्थायी मर्मतको काम पनि सँगसँगै चलिरहेको छ। खनेको ठाउँमा पाइप बिच्छ्याएर पुरेर मात्रै छाड्ने गरिएको भन्दै आलोचना भएपछि आयोजनाले सडक सम्याउने, खाल्डाहरु पुर्ने, धुलो र हिलो हुन नदिने र लोडर लगाएर सडक कसिलो बनाउने गरेको छ। उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय मेलम्ची उपआयोजना–२ अन्तरगत मेलम्चीको पानी ल्याउनका लागि पूर्वाधार तयार पार्ने काम तीब्र गतिमा भैरहेको छ। यहि क्रममा सडक खनेर अस्तव्यस्त पारेको भन्दै चर्को आलोचना पनि हुनेगरेको छ। आलोचना बढेपछि हिजोआज सरकारका सम्बन्धित निकाय र पदाधिकारीको ध्यान पनि खिचिएको छ। खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय हिजोआज सडक खन्ने कामको निरीक्षणमा खटिएका देखिन्छन्।

‘रातिमा सडक खन्ने र पाइप बिच्छ्याउने कामको स्थलगत निरीक्षण गरिरहेका छौं,’ उपाध्यायले नागरिकन्युजसँग भने ‘दिउसोमा पानी स्टोर गर्ने टंकी निर्माणको काम पनि हेरिरहेका छौं।’ धुलो, हिलो कम गर्न र अव्यवस्थित सडकलाई सुधार्नका लागि आयोजनालाई निर्देशन दिइएको र कामको प्रत्यक्ष निगरानी र स्थलगत अध्ययन गरिरहेको उपाध्यायले बताए। खुमलटार, बालाजु, बाँसबारी र कलंकी लगायतका स्थानमा ट्यांकी निर्माणको कामको अध्ययन गरिरहेको र जाउलाखेल, बानेश्वर, एयरपोर्ट, गौशाला, गोपी कृष्ण हल लगायत पाइप बिच्छ्याउने काम चलिरहेका क्षेत्रमा रात्रिकालिन अवलोकन पनि गरिरहेको उपाध्यायले बताए। उनका अनुसार मन्त्रीतहबाट पनि बेलाबेलामा अवलोकन गर्ने र.........