Follow us: Youtube Android App
Somersby Nepal
देशलाई लोडसेडि∙ मुक्त गराउने अभियानमा सहयोग गर्न नेपाल विद्युत प्राधिकरणको अनुरोध
१९ फागुन २०७३


नेपाल विद्युत प्राधिकरण लोडसेडिङ्ग न्यूनिकरण गर्दै ग्राहकवर्गहरुमा नियमित विद्युत आपूर्ति हुने गरि आपूर्ति र माग व्यवस्थापन गर्न प्रयासरत छ । वढ्दो चिसो तथा सुख्खायामको कारण नदिहरुमा पानीको बहाव कम हुन गई विद्युत उत्पादनमा कमि हुने भएकोले विद्युतको माग व्यवस्थापनको लागि तपसिल अनुसारको कार्य गरी-गराई देशलाई लोडसेडिङ्ग मुक्त गराउने ने.वि.प्रा.को अभियानमा सहयोग पु–याई दिनुहुन सम्पूर्ण ग्राहक महानुभावहरुमा नेपाल विद्युत प्राधिकरण हार्दिक अनुरोध गर्दछ ।

१.  अन्य बल्बहरुको तुलनामा वढी आयु र प्रकाश दिने लेड (LED) बल्ब प्रयोग गरेमा विद्युत खपत कम हुने र दिर्घकालिन रुपमा अन्य     वल्वको तुलनामा सस्तो पर्न जाने भएकाले लेड (LED) वल्वको प्रयोग गर्ने तथा पिक लोड समय (विहानः ६ः००–९ः०० र वेलुका ४ः३०–८ः३०) मा निम्न वमोजिमको उपकरणहरु प्रयोग नगरिदिनु हुनस्

#    आइरन,  रुम हिटर,  इमर्सन हिटर,  पानी तान्ने पम्प,  एयर कण्डिसनर,  इलेक्ट्रिक गिजर,  वाशिङ्ग मेशिन ।
#    रुम हिटर, ईमर्सन हिटर, एयर कन्डिस्नर, इलेक्ट्रिक गिजार लगायतका बढी विद्यतु खपत गर्ने उपकरणहरु सम्भव भए सम्म पिक लोडका   अतिरिक्त अन्य समयमा समेत प्रयोग नगरिदिनु हुन ।
   कम विद्युत खपत गर्ने ( Energy Star Label भएका) विद्युतीय उपकरणहरु प्रयोग गरिदिनु हुन ।
#    कोठामा मान्छे नहुदा वत्ति लगायतका विद्युतीय उपकरणहरु स्वचालित रुपमा वन्द हुने मास्टर कि स्वीच (Master Key Switch) को प्रयोग गर्ने व्यवस्था मिलाउनु हुन ।
   आवश्यक नभएको अवस्थामा सम्पूर्ण विद्युतीय उपकरणहरुको स्वीच अफ गरिदिनु हुन ।

.    पिक लोड समय साँझ (४ः३०–८ः३०) वजेसम्म साना-ठूला सम्पूर्ण उद्योग नचलाउने, उद्योगहरुमा ऊर्जा परिक्षण (Energy Audit) गराई उपलब्ध विद्युत शक्तिको अधिकतम (Optimum) उपयोग गर्ने, उद्योगमा क्यापासिटर बैंक अनिवार्यरुपमा जडान गर्ने व्यवस्था मिलाउनु हुन ।

३.    कार्यालय तथा उद्योग परिसर एवं सडकमा कम विद्युत खपत गर्ने लेड वल्व (LED Bulb) प्रयोग गर्न र सो को लागि दिनमा निभ्ने गरी स्वचालित स्वीच (Photo Voltaic Switch) को प्रयोग अनिवार्यरुपमा गर्न, जथाभावी वत्ती नबाल्न र सौर्य सडकवत्ती प्रयोग गर्नु हुन ।

४.    विद्युत चुहावट भए÷गरेको पाईएमा सोको सूचना ने.वि.प्रा.को नजिकको कार्यालयमा दिई सहयोग गरिदिनु हुन अनुरोध छ ।