Follow us: Youtube Android App
Somersby Nepal
त्रुटीपूर्ण विज्ञापन छापेको भन्दै पत्रिकाको कार्यालयमा तालाबन्दी
२ साउन २०७४


उर्लाबारी । पत्रिकाका प्रकाशित विज्ञापनमा गल्ती भएको भन्दै मोरङको उर्लाबारीबाट प्रकाशित राष्ट्रिय समाचार पत्र दैनिकको कार्यालयमा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ ।

पत्रिकाको सोमबारको अंकमा प्रकाशित बिज्ञापनप्रति आपत्ति जनाउँदै कांग्रेस उर्लाबारीको वडा नम्बर ७ ले पत्रिकाको कार्यालयमा तालाबन्दी गरेको हो । बिहान १० बजे एक दर्जन बढी कांग्रेस कार्याकर्ताले पत्रिकाको कार्यालय घेराउ गरी तालाबन्दी गरेका हुन् ।

वडा संयोजक टंक काफ्लेले हस्ताक्षर गरी वडा नम्बर ७ बाट स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा विजयी विरवल थापाको चारित्रिक हत्या गर्ने उदेश्यसाथ पत्रिकाले बिज्ञापन प्रकाशित गरेको भन्दै तालाबन्दी गरिएको बताए...

Source