Follow us: Youtube Android App
Somersby Nepal
कम्युनिष्ट र पागललाई एकै ठान्ने नरबहादुरको निधन
२ साउन २०७४


काठमाडौं । सिक्किमका पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको आइतबार निधन भएको छ । उनको निधनबाट भारतमा रहेका नेपाली भाषीहरुले एउटा इतिहास गुमाएका छन् । ४३ वर्षदेखि मेरुदण्डको समस्याले ग्रसित भण्डारीको आइतबार अपरान्ह ४ बजे नयाँ दिल्लीको प्राइमस सुपर स्पेसियालिटी हस्पिटलमा निधन भएको हो । उनी ७३ वर्षका थिए ।

भण्डारी सन् १९७९ देखि १९९४ सम्म १५ वर्ष सिक्किमको मुख्यमन्त्री भए । उनी राजनीतिमा मात्र नभएर नेपाली भाषा-साहित्यको प्रवर्द्धनमा पनि सक्रिय थिए ।

भण्डारीले नेपालमा जगदम्बाश्री पुरस्कारसमेत प्राप्त गरेका छन् । नेपाल बाहिर नेपाली भाषा र साहित्यको समुन्नतिमा व्यक्तिगत र संस्थागत योगदान दिएवापत् २०४७ सालमा उनलाई सो पुरस्कार दिइएको थियो ...

Source