Follow us: Youtube Android App
Somersby Nepal
पूर्व प्रम ओलीले भने झै हावाबाट बल्यो बिजुली
२ साउन २०७४


काठमाडौं l नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा हावाबाट बिजुली निकाल्ने योजना सुनाएका थिए। उनको योजनालाई सोसल मिडियामा 'हावामै उडाइएको' थियो। तर, ओलीको सपना पूरा भएको छ।

मुस्ताङको जिल्ला प्रहरी कार्यलयमा हावाबाट बिजुली निकालिएको छ। दुई वटा पङ्खा जोडी निकालिएको बिजुलीबाट अहिले ५ वटा बल्ब बालेर परीक्षण सुरु गरिएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी हरिहर योगीले हावाको बिजुलीबाट बत्ती बालिरहेको जानकारी दिए।

स्पेनको बुद्ध पावर कम्पनीको सहयोगमा हावाबाट बिजुली निकालिएको उनले बताए। 'परीक्षणको रुपमा बिजुली निकालिएको तीन हप्तापछि कति पावरको बिजुली निस्कियो भन्ने थाहा हुने इन्जिनियरले भनेका छन्,' योगीले पहिलोपोस्टसँग भने, 'कम्पनीले दुईवटा पङ्खाको सहयोगमा तीन किलोवाट बराबरको बिजुली निकाल्ने अनुमान गरेको छ...



 

Source