Follow us: Youtube Android App
Somersby Nepal
४० देखि ६० वर्षका ५३.६३ प्रतिशत जनप्रतिनिधि निर्वाचित
२ साउन २०७४


काठमाडौं । स्थानीय तहको निर्वाचनमा ४० देखि ६० उमेर समूहका सबैभन्दा धेरै अर्थात् ५३.६३ प्रतिशत प्रतिनिधि निर्वाचित भएका छन् । दुई चरणमा गरी ६ प्रदेशमा सम्पन्न निर्वाचनको पछिल्लो तथ्यांकअनुसार २० देखि ४० उमेर समूहका सबै पदमा गरी ११ हजार ४२९ प्रतिनिधि निर्वाचित भएका छन् भने ४१ देखि ६० उमेर समूहका १४ हजार ८२७ र ६० वर्षभन्दा माथिका १ हजार ९६८ जना निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार पहिलो चरणको निर्वाचन सम्पन्न प्रदेश नं ३, ४ र ५ को भरतपुर महानगरपालिकाको प्रमुखर उपप्रमुख, वडा नं १७ र १८ बाहेक १३ हजार ४०० प्रतिनिधिको आँकडा आएको हो ।

त्यस्तै, दोस्रो चरणमा प्रदेश नं १, ५ र ७ का ३३४ स्थानीय तह मध्ये १५ हजार ३८ पदका लागि भएको निर्वाचनमा १४ हजार ८२४ को तथ्यांक आयोगको केन्द्रीय कार्यालयमा आइपुगेको छ ।

निर्वाचन सम्पन्न भएको ३ साता वितिसक्दा समेत एक नगरपालिका र चार गाउँपालिकाको तथ्यांक आयोगमा आइनसकेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

Source