Follow us: Youtube Android App
Somersby Nepal
ढलमा बगेर बाँचेकी सत्याले मेयरसा’बलाई भनिन्-मोनोरेल अघि सडक बनाउनुस् !
२ साउन २०७४


काठमाडौं । शुक्रबार सडकमा बगेको भेलसँगै ढलमा बगेकी बाँचेकी स्कुले विद्यार्थी सत्या सापकोटालाई भेट्न काठमाडौंका मेयर विद्यासुन्दर शाक्य  र उपमेयर हरिप्रभा खड्गी उनको घरमा पुगे ।

सामाखुसीस्थित आफ्नै निवासमा आइपुगेका मेयर उपमेयरलाई सत्याले सडकको अवस्था सुधार गर्न सुझाव दिइन् । ‘तपाईंहरुले मानोरेल चलाउँछु भन्नुभएको छ, त्योभन्दा पहिला भताभुंग सडक बनाउनुस्,’ सापकोटाले मेयर शाक्यलाई भनिन्, ‘हामी सधैं हिँड्ने बाटोमै मर्नुपर्ने भयो ।’

काठमाडौं महानगरका मेयर शाक्यले सडक र ढलको निर्माण र मर्मतमा विशेष ध्यान दिने बताए । ‘विकासका लागि मोनोरेल पनि चलाउनै पर्छ । प्राथमिकतामा सडकलाई राख्छौं,’ शाक्यले सत्यालाई जवाफ दिए । उनले सत्यालाई एक लाख रुपैयाँ बराबरको जीवन बीमा महानगरपालिकाले गर्ने घोषणा पनि .................

Source