Follow us: Youtube Android App
Somersby Nepal
माओवादी सरकारबाट बाहिरिन सक्ने प्रचण्डको चेतावनी
२ साउन २०७४


काठमाडौ   सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहने वा नरहने भन्ने प्रश्न उब्जिएको बताउनु भएको छ । पार्टीको पेरिसडाँडामा सोमबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले काँग्रेसकै कारण त्यस्तो प्रश्न उब्जिएको बताउनु भएको हो । 

आफू प्रधानमन्त्री हुँदा काँग्रेसलाई नौ वटा मन्त्रालय दिएको र अहिले काँग्रेसलाई प्रधानमन्त्रीमा समर्थन गर्दा माओवादी केन्द्रलाई काँग्रेसले सात वटा मन्त्रालय प्रस्ताव गरेको र आफूहरुले नौ वटा मन्त्रालय माओवादी केन्द्रले पाउनु पर्ने तर्क राखिरहेको प्रचण्डले नेताहरुलाई बताउँदै आउनु भएको थियो ।

‘एक दुई दिन भित्र मन्त्रिपरिषद विस्तार भएन भने मन्त्रिपरिषदमा रहने कि नरहने भन्ने प्रश्न उठन सक्छ । तेस्रो चरणको चुनाव (असोज २ ) गतेसम्म पनि मन्त्रिपरिषद विस्तार भएन भने हामी सरकारमा बस्ने कि नबस्ने भन्ने प्रश्न उठन सक्छ’ पार्टीको बैठकमा प्रचण्डले व्यक्त गरेको भनाई उघृत गर्दै एक बरिष्ठ नेताले अन्नपूर्णसँग भन्नुभयो । 

तर पार्टी भित्र मन्त्री बन्न बार्गेनिङ गर्ने,मन्त्री भएर पैसा लुकाउने,संस्थागत नगर्ने,आफू मात्रै मन्त्री भइराख्नु पर्छ भन्ने सोच राख्ने प्रबृत्ति देखिएको पनि प्रचण्डले बैठकमा ..............

Source