Follow us: Youtube Android App
Somersby Nepal
खड्काबाट डेढ अर्ब क्षतिपूर्ति भराउन नागरिकको प्रतिदाबी
२८ भदौ २०७४


काठमाडौं   ।  आफूविरुद्ध झुठा मुद्दा दायर गरेउपर नागरिक दैनिकले नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काबाट एक अर्ब पचास करोड रुपैयाँ बराबरको क्षतिपूर्ति भराइमाग्ने प्रतिदाबीसहित मंगलबार काठमाडौं जिल्ला अदालतमा प्रत्युत्तरपत्र दर्ता गराएको छ।

नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल र संवाददाता दिलीप पौडेलद्वारा पेस गरिएको प्रत्युत्तरपत्रमा झुठा मुद्दा लगाई आफूहरूको बदनामी गरेको तथा पेसागत प्रतिष्ठा एवं मर्यादामाथि समाजमा शंका उत्पन्न गराई आफूहरूलाई खति पुर्‍याएकाले मुद्दा खेप्दा व्यहोर्नुपरेको खर्चसहित सो रकम भराउन दाबी गरिएको छ ।   

‘झुठा फिरादपत्र दर्ता गराई हाम्रो सामाजिक ख्याति, प्रतिष्ठा, मर्यादा तथा आर्थिक एवं व्यावसायिक क्षति गराएकाले सोसहित मुद्दा गर्दा लागेका खर्च, कानुन व्यवसायी शुल्क, टाइप खर्च, वारेस शुल्कलगायत जम्मा एक अर्ब पचास करोड रुपैयाँ क्षति भएकाले सो दिलाई भराई पाऊँ,’ प्रत्युत्तरपत्रमा ..........

Source