Follow us: Youtube Android App
Somersby Nepal
यसरी हुँदैछ नयाँ राष्ट्रपतिको चुनाव, कुल मत-५२७८६
२८ भदौ २०७४


काठमाडौं । अब हुने राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचनमा संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० सांसदहरुले मतदान गर्नेछन् । तर, केन्द्र र प्रदेशका सांसदले दिएको मत भने बराबरी हुने छैन ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सम्बन्धमा सरकारले संसदमा पठाउन लागेको विधेयकमा दुई तहका सांसदहरुको मतभार निर्धारण गरिएको छ । मतभार अनुसार संघीय संसदको एकजना सांसदको दिएको एक मतलाई ७९ मतका रुपमा गणना गरिनेछ । प्रदेश सभाका एक सांसदले दिएको मतलाई ४८ मत गणना गरिनेछ ।


कानुन मन्त्रालयबाट हाल मन्त्रिपरिषदमा पुगेको विधेयकको मस्यौदामा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कुल मत ५२ हजार ७ सय ८६ निर्धारण गरिएको छ ।

Source