Follow us: Youtube Android App
Somersby Nepal
पीडाबोध गर्दै सिलवालले गरे प्रहरीबाट अलग भएको घोषणा (विज्ञप्तिको पूर्णपाठसहित)
२८ भदौ २०७४


काठमाडौं l नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका छन् । आईजीपी नियुक्तिमा अन्याय भएको भन्दै दायर गरेको रिट सर्वोच्च अदालतले मंगलबार  खारेज लगेपछि सिलवालले विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका हुन् ।

सिलवालले दुई पेज लामो विज्ञप्ति जारी गर्दै न्यायका लागि लड्दा अन्यायमा परेको भन्दै आफ्नो जस्तो नियति कसैले भोग्नु नपरोस् भन्नेसमेत कामना गरेका छन् ।
स्थापित मूल्य मान्यतामाथि धावा बोल्ने र कानूनको शासनमा विश्वास गर्न नसक्ने अप्रजातान्त्रिक चरीत्रका शासकहरुको शिकार आफू भएको भाव विज्ञप्तिमा ब्यक्त गरेका छन् । उनले भनेका छन्– ‘मेरो इश्वरसँग प्रार्थना छ, यस्तो नियति अरु कुनैपनि नेपालीले भोग्नु नपरोस् । नेपालका भावी पुस्ताले त झन यस्तो नियतिको कल्पनासम्म पनि गर्नु नपरोस् ।’

‘एक जना कर्तब्यपरायण सिपाहीमाथि बदनियत राख्दा शासक वर्गहरुको पनि निदहराम हुँदोरहेछ र उनीहरु जनताबाट दण्डित हुनु पर्दोरहेछ ।’– सिलवालले पीडा ब्यक्त गरेका छन् । सिलवालले कानूनी शासनको उपहास भएको भन्दै सर्वोच्चको फैसलामाथि ब्यङग्य गरेका छन् भने राजनीतिक दलहरुलाई शाशक वर्गको उपमा दिँदै आलोचनात्मक विज्ञप्ति जारी गरेका छन् ...

Source