Follow us: Youtube Android App
Somersby Nepal
अनस्क्रिन नेपाल आइडल, अफस्क्रिन जातीय वाकयुद्ध !
२८ भदौ २०७४


अहिले अनस्क्रिन ‘नेपाली आइडल’ चलिरहेछ । र, अनस्क्रिन बाहिर ‘जातिय वाकयुद्ध’ । यस्तो लाग्छ, यो गायन प्रतियोगिता होइन, ‘त्यो जात’ र ‘यो जात’बीचको घम्साघम्सी हो । बुद्ध लामा, निशान भट्टराईहरु आफ्नो साधना, शिल्प र सुरको आलोकमा उभिइरहेका छन् । यता ‘लेडिज एन्ड जेन्टलमेन’हरु उनीहरुलाई दुई कित्तामा चिरा पारेर साम्प्रादायिक मुखुन्डो भिराइरहेका छन् ।

सामाजिक संजालमा देखिने असामाजिक स्टाटसहरुले बताउँछ, हामी कति संकिर्णता साँधेर पाखुरा सुर्किरहेका छौं । सन्देह छैन, नेपाल आइडलको खोजी सम्भावनायुक्त गायन प्रतिभा नै हो । यसमा उसैले बाजी मार्छ, जसले आफ्ना प्रतिस्पर्धीको आवाजलाई माथ दिन सक्छ ।

तर, प्रतियोगीको गायकी, मीठास, लयलाई साझा तराजुमा जोखेर होइन, नाखको लम्बाई नापेर पक्ष-विपक्षमा खडा भएका छन्, महापुरुषहरु । र, एक-अर्कालाई चोर औंला ठड्याएर तथानाम गाली गरिरहेका .............

Source