Follow us: Youtube Android App
Somersby Nepal
देउवालाई ओली र प्रचण्डको चेतावनी-चुनावबाट भाग्ने बहाना नखोज्नुस्
२६ असोज २०७४


काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताले प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर चुनावबाट भाग्ने बहाना नखोज्न चेतावनी दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले बिहीबार प्रधानमन्त्री देउवालाई भेटेर निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद हेरफेर नगर्न समेत सुझाएका छन् ।

लामो समयदेखि प्रधानमन्त्रीले शीर्ष तहमा छलफल नगरेको तर, बाहिरबाहिर चुनावबाट भाग्ने बहाना खोजेको चर्चा चलेपछि आफूहरुकै पहलमा तीन दलको बैठक डाकिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । कांग्रेस चुनावबाट भाग्ने बहाना खोजिरहेकाले प्रधानमन्त्रीलाई त्यसबाट हुनसक्ने संवैधानिक र राजनीतिक संकटबारे सचेत ..

Source