Follow us: Youtube Android App
Somersby Nepal
दलालले युएईमा अलपत्र पारेका २२ मध्ये १३ फर्काइए
२६ असोज २०७४


युएई  दलालले विमानस्थल सेटिङ गरी भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ नेपालीमध्ये १३ जना बिहीबार नेपाल फर्किएका छन्। बिहीबार नेपाली दुताबास युएईले उनीहरुलाई फ्लाइ दुबईमार्फत मध्यान्ह १२ बजेको उडानबाट नेपाल पठाएको हो।

युएईको अजमानमा २२ जना नेपाली अलपत्र परेको समाचार नागरीकन्युजमा प्रकाशित भएपछि उनीहरुलाई एनआरएन युएईले सहयोग गरी गत सोमबार नेपाली दुताबास अबुधाबी पुर्‍याएको थियो। दुई महिना अघि काठमाडौंको धुम्बाराहीस्थित पान्डोरा ईनकर्पोरेसन प्रालिका कार्यकारी निर्देशक केशब थापा, रमेश कुँवर र दिनेश लामा मोक्ताङले प्रलोभनमा पारी भिजिट भिषामा युएई ल्याएका उनीहरुलाई अलपत्र परेका थिए।

अलपत्र परेका २२ जना पीडित बस्दै आएकाहरु दशैँको दिन मध्यरात कोठाबाट निकालिएका थिए। उनीहरु मध्यरातमा बास बस्न नपाएर अलपत्र परेको खबर पाएपछि एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले आफ्नै कम्पनीको कोठामा ल्याएर बस्ने व्यवस्था मिलाएका थिए।
अलपत्र परेका २२ जना पीडित बस्दै आएकाहरु दशैँको दिन मध्यरात कोठाबाट ...........

Source