Follow us: Youtube Android App
Somersby Nepal
गोर्खाको दुवै क्षेत्र माओवादीलाई दिन एमाले सहमत, कहाँबाट लड्लान् बाबुराम?
२६ असोज २०७४


नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच गोर्खाका दुवै क्षेत्रमा प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रको उम्मेद्वार बनाउने सहमति भएको छ। एमाले र माओवादीसँगै गठबन्धनमा रहेको नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले पनि गोर्खा २ बाट उम्मेद्वारी दाबी गर्दै आएका छन्। तर माओवादी केन्द्रले भने गोर्खाका दुवै क्षेत्रमा आफ्नो उम्मेद्वार हुनुपर्ने अडान लिदैँ आएको छ।

‘गोर्खाको कुनै समस्या होइन। गोर्खामा यसपाली माओवादी नै चुनाव लड्छ। एमाले र हाम्रो समझदारी भै नै सक्यो। दुई वटै प्रतिनिधि सभामा माओवादीलाई दिने भन्ने एमालेको तर्फबाट समझदारी भै  सकेको छ’, नेता नारायणकाजी श्रेष्ठले सेतोपाटीसँग भने, ‘त्यहाँ बाबुरामजीले म उठ्छु भनेकाले विवाद भएको जस्तो मान्छेलाई लागेको हो। बाबुरामजीको लागि अर्को कुनै व्यवस्था लिडरहरुले सल्लाह गरेर गर्नुहोला।‘

श्रेष्ठ र भट्टराईको निर्वाचन क्षेत्र एउटै हो। माओवादी केन्द्रले आफूलाई गोर्खामा उम्मेद्वार बन्न नदिए गठबन्धन समेत छाड्ने चेतावनी भट्टराईले दिइसकेका ...............

Source