Follow us: Youtube Android App
Somersby Nepal
‘वाम एकता’ कि माओवादीको ‘म्याच फिक्सिङ’ ?
२६ असोज २०७४


काठमाडौं । एमाले, माओवादी र नयाँशक्ति पार्टीवीचको चुनावी तालमेलको प्रयास अनि त्यसैको घोलमा लत्पत्याएर बजारमा सुकाइएको ‘वाम एकता’को टालोबारे धेरैले व्याख्या, विश्लेषण एवं अनुमान गरिसकेका छन् । यस आलेखमा चाहिँ त्यसभित्र निहीत केही गुह्य कोट्याउने प्रयास मात्रै गरिएको छ ।

कम्युनिष्ट शुभचिन्तकहरुका लागि ‘वाम एकता’ सुन्दैमा निकै स्वादिलो पदावली हो । माओवादी र एमालेवीच कस्सिएको लगनगाँठोमा कसैले झिनो प्रश्नमात्रै उठायो भने अहिले उसमाथि ‘महान एकताको बाधक’ को बिल्ला झुण्ड्याइन सक्छ । गठबन्धनमा सहभागी बाबुरामलाई चाहिँ जति नै गाली र अपमान गरे पनि एमाले र माओवादीका जण्ड कार्यकर्ताहरु खुशी नै हुन्छन् ।

वाम तालमेलको विषयमा सकारात्मक र नकारात्मक दुबैखाले टिप्पणी आइरहेका छन् । तर, कसैको भावनाले छोप्दैमा राजनीतिक वस्तुस्थिति लुक्न सक्दैन । ‘वाम एकता’को रागका सम्बन्धमा यही कुरा सत्य हो । वाम एकता सुन्दा जति मीठो छ, व्यवहारमा यसका चुनौती र असरहरु त्यति .................

Source