Follow us: Youtube Android App
Somersby Nepal
गौचन हत्या अनुसन्धानका चार कोण
२७ असोज २०७४


नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या अनुसन्धानका लागि गठित समितिले हत्यामा संलग्न सुटर उनीहरुले दाबी गरेको छ । 

घटनाको चौथो दिन समितिले गोली हान्न संलग्न् सुटरको स्केच बनाएको र मोटरसाईकल नम्बरसमेत खुलेको दावी गरेको हो । 
तर समितिले दुवै गोप्य राखेको छ । 

रातो रङको मोटरसाईकलमा आएका सुटरले गौचनलाई सोमबार मध्यबानेश्वर खरिबोटमा गोली हानेका थिए ।  उनलाई गोली हान्ने व्यक्ति घटनाको करिव २ सय मिटरमा रहेको मोटरसाईकल चढेर भागेका थिए । 

घटनाका प्रत्यक्षदर्शीको भनाईका आधारमा प्रहरीले सुटरको स्केच बनाएको अनुसन्धान सम्बद्ध श्रोतले बतयो ।, यो खबर आजको नागरिकमा छ ।