Follow us: Youtube Android App
Somersby Nepal
सात करोड ७५ लाखको तेजपात भारततर्फ निर्यात
२७ पुष २०७३


पाल्पा l जिल्लाबाट करिब ७ करोड ७५ लाख रुपैयाँको ११ लाख ८१ हजार ८३५ किलो तेजपातको पात र बोक्रा भारत निर्यात भएको छ । आव २०७२/७३ मा ९ लाख ९३ हजार ७११ किलो तेजपातको पात र एक लाख ८८ हजार १२४ किलो बोक्रा भारत निर्यात भएको जिल्ला वन कार्यालयका शाखा अधिकृत रमा श्रेष्ठले जानकारी दिए । 

यहाँका सामुदायिक वन र निजी वनमा व्यावसायिक रुपमा तेजापात लगाउन थालेपछि उत्पादन बढ्दै गएको छ ।  गत आवमा जिल्लाबाट पाँच करोड ४६ लाख ५४ हजार बराबरको तेजपातको पात र एक करोड ८८ लाख १२ हजार बराबरको बोक्रा भारत निर्यात भएको थियो ।  कोलडाँडा, दोभान, झडेवा, गोठादी, सत्यवती, बल्ढेगढी, भुवनपोखरीलगायत गाविसका सामुदायिक र निजी वनमा व्यावसायिक रुपमा तेजपातको खेती गरिँदै आएको छ । 

तेजपातको पात प्रतिकिलो ५० देखि ५५ रुपैयाँसम्म तथा बोक्रा प्रतिकिलो ८० देखि १०० सम्ममा स्थानीय बजारमा खरिद बिक्री हुँदै आएको छ । बारीका कान्ला र बाँझो खेतबारी तथा खरायनमा तेजपातको खेती गरिँदै आएको छ ।  एक पटक रोपेपछि पटक-पटक पात र बोक्राबाट आम्दानी गर्न सकिने भएपछि अधिकांश गाविसमा किसान तेजपातखेतीतर्फ आकर्षित हुन थालेका छन् । स्रोत  : कारोबार दैनिक