Follow us: Youtube Android App
Somersby Nepal
श्री एयरलाइन्सको तेस्रो जेट विमान पनि आयो , तर उडान अनुमति अझै पाएन
१२ असार २०७४


यसअघि हेलिकप्टर सेवा सेवा सञ्चालन गरिरहेको श्री एयरलाइन्सले तेस्रो जेट विमान काठमाडौं ल्याइपुर्‍याएको छ। सिआरजे–७०० मोडलको विमान शुक्रबार काठमाडौं ल्याइ पुर्‍याएको श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले सेतोपाटीलाई बताए।

युरोपबाट संयुक्त अरब इमिरेट्स (दुबई) हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरिएको हो। नेपालदेखि अफ्रिकासम्म हेलिकोप्टर सेवा दिइरहेको श्री एयरलाइन्सले फिक्स्ड वींङको अनुमति गएको साउनमै पाएको थियो। उसले गएको वैशाखमै दुई वटा सिआरजे–२०० सिरिजका विमान नेपाल ल्याइसकेको थियो भने यसपटक सिआरजे–७०० ल्याएको हो।

क्यानेडियन कम्पनी बम्बार्डियरले उत्पादन गरेका सिआरजे सिरिजका जेट विमानबाट नेपालका यात्रुलाई गुणस्तरीय, आरामदायी हवाई सेवा दिने बताएको छ। यद्यपी श्रीले तीन वटा विमान ल्याउँदा पनि उडान अनुमति भने अझै पाएको छैन।

नागरिक उड्डयन प्राधिकरणले इन्सपेक्सन गरिसकेको र त्यसको रिपोर्ट अध्ययनको क्रममा रहेकोले छिट्टै उडान अनुमति पाउने आशमा आफूहरु रहेको मानन्धरले.................

Source