Follow us: Youtube Android App
Somersby Nepal
उत्पादन ऐतिहासिक, उत्पादकत्व दयनीय
१५ असार २०७४


काठमाडौं । नेपालमा यो वर्ष हालसम्मकै बढी धान फले पनि उत्पादकत्व भने दक्षिण एसियाली मुलुकमै सबैभन्दा तल्लो विन्दुमा देखिएको छ । उत्पादनमा बर्सेनि घटबढ हुने गरे पनि उत्पादकत्व भने प्रतिहेक्टर ३ हजार किलो कै सेरोफेरोमा देखिएको छ । 

कृषि विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा धान रोपणको क्षेत्रफल १३.९१ प्रतिशतले बढेर १५ लाख ५२ हजार हेक्टरमा धान खेती भएको थियो । मौसमको अनुकूलता, प्रविधि, मलखाद र बीउको सहज उपलब्धताका कारण मुलुकको प्रमुख खाद्यान्न बाली धानको उत्पादन ४२ लाख टनबाट २१ प्रतिशतले बढेर ५२ लाख ३० हजार टन पुगेको छ ।

उत्पादकत्व भने ६.८१ प्रतिशतले मात्र बढेर ३ हजार ३६९ प्रतिहेक्टर मात्र पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी उत्पादकत्व चीनको ९.५ हजार किलो, भियतनामको ७.५, थाइल्यान्डको ६.५, बंगलादेशको ४.५ र भारतको ३.९ प्रतिशत रहेको .......

Source