Follow us: Youtube Android App
Somersby Nepal
कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड
१६ असार २०७४


दमौली  २४औं राष्ट्रिय धान दिवस बिहीबार तनहुँमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । ‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ धान दिवस मनाइएको हो ।

दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालय तनहुँ र भानु नगरपालिका वडा नम्बर ५ स्थित भानु सहकारी संस्थाको आयोजनामा छसयफाँटमा धान रोपाइँ, डोरी तान्ने प्रतियोगिता र माछा समात्ने प्रतियोगिता सम्पन्न भएको छ ।

सो अवसरमा वक्ताहरूले कृषिलाई निर्वाहमुखी खेतीभन्दा व्यावसायिक बनाउनुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले निर्वाहमुखी खेती अन्त्य गरी व्यवसायीमुखी बन्न कृषकहरुलाई आग्रह गरे । नेपाल कृषिप्रधान देश भएको र कृषिबाटै समृद्धि सम्भव भएको ...........

Source