Follow us: Youtube Android App
Somersby Nepal
पर्यटक भेषमा बालयौन दुराचार
१७ असार २०७४


काठमाडौं l बालयौन दुराचारमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहका सदस्य केनेथ जोसेफ कम्बोस ८ बालबालिकासहित ठमेलमा पक्राउ परे । स्वयम्भू र ठमेल क्षेत्रका तीन बालकलाई होटलमा लगेर दुराचार गरिरहेकै अवस्थामा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत भदौ २४ गते ठमेलको एम्बु होटलबाट पक्राउ गरेको थियो ।

उनलाई अदालतले नौ वर्ष जेल सजाय तोक्यो । केनेथ पक्राउ परेको १० महिना बित्यो । सिआइबीले अर्का विदेशी नागरिकलाई त्यस्तै प्रकृतिको अभियोगमा बिहीबार ठमेलबाट पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति हुन् जर्मनीका अल्वर्ट फ्रेड क्लिनकेई । ६३ वर्षीय उनी ज्याठाको एक होटलमा १३ वर्षीय बालकसँग नग्न भेटिएका थिए । ४३ दिनदेखि पर्यटकका रूपमा नेपालमा रहेका उनले तीनजना बालकमाथि यौन दुराचार गरेको ब्युरो प्रवक्ता एसपी मीरा चौधरी बताउँछिन् ।

‘प्रारम्भिक अनुसन्धानमा क्लिनकेईको क्यामराबाट दर्जनौं बालबालिकाको तस्बिर फेला परेको छ,’ चौधरीले नागरिकसँग भनिन्, ‘होटलमै भेटिएका एक बालक तथा १३ र १६ वर्षका अन्य दुई बालकसमेत पीडित रहेको पाइयो...

Source