Follow us: Youtube Android App
Somersby Nepal
दूध बेचेर मासिक ६० हजार कमाइ
१७ असार २०७४


बाग्लुङ l जिल्लाको पश्चिम भेग छोरेगाउँका एक किसानले दूध बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । साविकको खुँगा—१ छोरेगाउँ हालको ढोरपाटन नगरपालिका—४ का ओमबहादुर खत्रीले पशुपालनबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

 ५६ वर्षीय खत्रीले पशुपालनसंगै तरकारी खेती समेत गर्दै आएका छन् । खत्रीले २०६७ सालमा अन्य दुई जना साथीसंग मिलेर ढोरपाटन—१ छरछरेमा जग्गा लिजमा लिएर गाईपालन शुरु गरेका थिए । युवा स्वरोजगार कोषबाट तीन लाख रुपैयाँ ऋण लिएर ११ वटा उन्नत जातका गाई किनेर पाल्न शुरु गरे पनि भाडामा लिएको जग्गामा प्रसस्त घाँस नहुँदा घाटामा गएपछि व्यवसाय छोड्नु परेको थियो।

पहिलो गासमा ढुङ्गा लागे पनि उनको पशुपालन गर्ने सोचमा कमी आएन । पहिलो व्यवसायबाट घाटा सहेका खत्रीले २०६८ मा नेष्डो नेपाल नामक गैरसरकारी संस्थाबाट ९० हजार कर्जा लिएर दुई वटा उन्नत जातका गाई पाल्न शुरु गरे । दुई वटा गाईबाट शुरु भएको उनको पशुपालन व्यवसाय अहिले ११ वटा गाईमा पुगेको छ । गाईपालन फस्टाउँदै गएपछि अहिले उनको दैनिकी समेत फेरिएको छ । तीन वटा गाईले दैनिक ३० लिटर दूध दिन्छन् । अन्य ब्याउनेवाला छन् । खत्रीले हरेक दिन दुई घण्टा पैदल हिँडेर बुर्तिबाङ बजारमा दूध बिक्री गर्न आउँछन् । दूध विक्रीबाटै मासिक ४५ देखि ६० हजारसम्म आम्दानी गर्ने गरेको खत्रीले बताए । ‘अहिले दैनिक ३० लिटर दूध बेचिरहेको छु,’खत्रीले भने,‘मासिक रुपमा ४५ देखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।’ यहाँ दूध प्रतिलिटर ७० देखि ८० रुपैयाँमा बिक्री हुन्छ...

Source