Follow us: Youtube Android App
Somersby Nepal
अर्घाखाँचीमा ३५ प्रतिशत रोपाइ सकियो
२६ असार २०७४


अर्घाखाँची । स्थानीय तह निवार्चनले गर्दा यस वर्ष अर्घाखाँचीमा धान रोपाइ ढिलो भएको छ । अर्घाखाँचीका गाउँ तथा नगरका वडाहरुका फाँटमा जेठ २० गतेबाट नै रोपाइ सुरु गरिएको हो ।

जेठ ३१ गते स्थानीय तहको चुनाव हुने भनेसँगै असारमा रोपाई गर्ने गरी कृषकहरुले हिले तथा धुले विउँ राखेका थिए । तर चुनाव असार ९ हुँदै १४ का लागि सरेसँगै कृषकहरुले पनि रोपाइ सारेका थिए ।

जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत थिरीलाल गैरेका अनुसार, चुनावपछि रोपाइले गति लिएको छ र, ३५ प्रतिशत सकिएको छ । अर्घाखाँचीका पानी लाग्ने फाँटमा हिले बिउ र टारी खेतमा धुले बिउ राख्ने चलन छ । ‘सुरुमा पानी आएन, पछि चुनावले रोपाइलाई असर गर्यो,’ एक कृषकले भने ।

ट्याक्टर प्रयोग बढ्दो

पहिले गोरुको अत्यधिक प्रयोग गरिने फाँटहरुमा आजभोलि रोपाइका लागि ट्याक्टरको प्रयोग बढ्दै गएको छ । कम लगानी र थोरै समयमा धेरै जोतिने भएकाले पछिल्लो समयमा जिल्लाको सन्धिखर्कको विहार, दुर्गाफाट, मथुराफाट लगायतका फाँटहरुमा ट्याक्टरको प्रयोग बढ्दै गएको छ ।

Source