Follow us: Youtube Android App
Somersby Nepal
नेपालमा १,२१३ प्रजातिका झ्याउ : स्वास्थ्य, वातावरण, व्यावसायिक रूपमा उपयोगी
३० असार २०७४


झ्याउ । ढुसी र लेउ प्रजातिका वनस्पति मिलेर बनेको झ्याउ स्वास्थ्यका लागि उपयोगी मानिन्छ । यसलाई चिया बनाएर पिउँदा टन्सिल र रुघाखोकी निको हुन्छ । मलहम बनाएर औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । त्यतिमात्रै होइन, वातावरणीय र व्यावसायिक रूपमा समेत झ्याउ त्यत्तिकै महत्वपूर्ण मानिन्छ । चेप्टे झ्याउको जुस बनाएर खाएमा जन्डिस निको पार्न सकिन्छ । यसलाई पिसेर आगोले पोलेको र हातखुट्टा फुटेको ठाउँमा लगाउँदा तुरुन्त निको हुन्छ । यस्तो अभ्यास नेपालमा पहिल्यैदेखि भइरहेको छ ।

झ्याउको उपयोगिताबारे नेपाली अनभिज्ञ छन् । ‘चीनमा भुत्लेझ्याउ सुकाएर चिया खाने गरिन्छ । त्यस्तो चिया खाएमा रुघाखोकी र टन्सिल निको पार्न सकिन्छ । नेपालमा पनि भुत्लेझ्याउ पाइन्छन् । हामीले पनि त्यसो गर्न सकिन्छ,’ झ्याउमा विद्यावारिधि गरेकी प्रा.डा. निर्मला प्रधानले सुनाइन्, ‘सबैजसो झ्याउलाई खरानी बनाई मह र तेल मिलाएर मलहमका रूपमा प्रयोग गरे छालारोग निको हुन्छ ।’ उनले भुत्लेच्याउ सुकाएर चिनी नहाली ‘ब्ल्याक टी’ पिउँदा टर्रो लागेको बताइन् । भुत्लेझ्याउको चिया पिउँदा ‘साइड इफेक्ट’ नभएको उनले सुनाइन् । 

झ्याउ भनेको फूल नलाग्ने वनस्पति हो । झ्याउमा पात र काण्ड हुन्छ तर जरा हुँदैन । यसले कार्बनडाइअक्साइड लिन्छ र अक्सिजन फाल्छ । उसले फालेको अक्सिजनले वातावरण स्वच्छ बनाउँछ । पानीमा पाइने झ्याउले पनि.............

Source