Follow us: Youtube Android App
Somersby Nepal
थप २ न्यारोबडी जहाज किन्ने वायुसेवा निगमको तयारी
३२ साउन २०७४


काठमाडौं । आक्रामकरुपमा बजार बिस्तारको रणनीति लिएको नेपाल वायु सेवा निगमले थप दुई वटा न्यारो बडी जहाज खरिद गर्ने प्रक्रिया सुरु गरेको छ । जहाज थोरै भएका कारण ४० प्रतिशत उडान कटौति गर्नु परेपछि निगमले यस्तो कदम चालेको हो ।

निगमले अहिले एयरबससँग बिमान खरिदको बारेमा छलफल गरिरहेको छ । सार्वजनिक खरिद ऐन परिमार्जन भएसँगै निगमले सिधै एयरबसँग बिमान खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।

निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठ भन्छन्, ‘अहिले उडान भरेकै स्थानका लागि न्यारो बडी जहाज ल्याउन लागेका हौ । अहिले एयरबसँग प्रारम्भिक छलफल गरिरहेका छौ ।’ ‘ए ३२०-२०० सिरिजको न्यारोबडी जहाज खरिद गर्ने योजना रहेको श्रेष्ठले जानकारी ................

Source