Follow us: Youtube Android App
Somersby Nepal
जुम्लाको स्याउ गोदाममा,भारतीय स्याउ बजारमा
१२ भदौ २०७४


दाङ  । भारतीय स्याउले एक छत्र बजार ओगटी रहेका बेला दाङका वजारमा जुम्लामा उत्पादन भएको स्याउ भित्रिएको छ । जिल्लामा जुम्ली स्याउ भित्रिएसंगै स्वदेशी व्यवसायीहरुले भारतीय स्याउको आयात घटाउँदै जुम्ली स्याउको बजार विस्तार गर्न थालेका छन ।
 
जिल्लामा भित्रिएको जुम्ली स्याउलाई अव बजार विस्तारको खाँजो भएको व्यवसायीहरुले वताएका छन। उपभोक्ताहरुले मन पराएको स्याउलाई केहि व्यवसायीहरुले अवरोध पु¥याइरहेको जुम्ली स्याउका व्यवसायीहरुले बताएका छन ।

अहिले जुम्लामा उत्पादन भएर दाङका आएको स्याउले दाङमा वजार नपाएको उनीहरुको गुनासो पनि छ। जुम्ली स्याउले भारतीय स्याउ र व्यापारीको कारण वजार नपाएपछि स्वदेशी स्याउका व्यवसायीहरु चिन्तित भएका छन्।

Source