Follow us: Youtube Android App
Somersby Nepal
१ लाख भेडाच्याङ्ग्रा पाल्ने तयारी
८ असोज २०७४


काठमाडौं l सरकारले हिमाली जिल्लामा १ लाखको संख्यामा भेडाच्याङ्ग्रा पाल्ने तयारी सुरु गरेको छ । ऊन उत्पादन गर्नका लागि हिमाली जिल्ला भेडाच्याङ्ग्रा पालन गर्न लागिएको हो । वाणिज्य मन्त्रालयले ऊनको उत्पादन बढाउन भेडा–च्याङ्ग्रापालन गर्ने तयारी गरिएको जनाएको छ ।

वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले अन्तर्राष्ट्रिय बजारमा ऊनको माग धेरै भएकाले स्थानीय स्तरमा उत्पादन गर्न भेडाच्याङ्ग्रा पालन गर्न लागिएको जानकारी दिए । “कृषि विकास मन्त्रालयसँग समन्वय गरेर हिमाली जिल्लामा १ लाखको संख्यामा भेडाच्याङ्ग्रा पालन गर्न लागिएको छ,” मन्त्री विश्वकर्माले भने, “व्यावसायिक रूपमा पालन गर्ने किसानको हातमा सीधै पुग्ने पर्ने गरी वितरण गरिनेछ ।” अन्तर्राष्ट्रिय बजारमा ऊनको माग भए पनि नेपालमा उत्पादन नहुँदा निर्यात गर्न नसकिएको मन्त्री विश्वकर्माको भनाइ छ ।

“बढ्दो व्यापारघाटा कम गर्न निर्यातयोग्य वस्तुको पहिचान गरी उत्पादन बढाउने कार्यक्रम सञ्चालन गर्न लागिएको छ,” मन्त्री विश्वकर्माले भने, “यसै वर्षदेखि २० जिल्लामा अलैंची, अदुवा, चिया, बेमौसमी तरकारीको उत्पादन बढाउन लागिएको छ ।” अन्तर्राष्ट्रिय बजारमा नेपाली पस्मिनाको माग धेरै भएकाले पनि उत्पादन बढाएर निर्यातमा विशेष जोड दिइने उनले बताए ...

Source