Follow us: Youtube Android App
Somersby Nepal
खसी बेचेर राम्रो आम्दानी
११ असोज २०७४


बर्दिया l बढैया ताल गाउँपालिकाकी जमुना रेग्मी खसीबाट राम्रो आम्दानी भएपछि दंग छिन् । दसैंको मुखमा खसीबाट राम्रो आम्दानी भएको उनले सुनाइन् । ‘मैले अहिले दुईवटा खसी बेचे,’ उनले भनिन्, ‘खसीबाट राम्रो आम्दानी गर्न सफल भए ।’

बिचौलियामार्फत खसी बेच्दा घाटा खेप्दै आएकी जमुना सहकारीलाई तौलेर जिउँदो खसी बेच्दा आम्दानी बढेको बताउँछिन् । उनीजस्तै खसी बेचेर आम्दानी गर्न सफल महिला किसान अहिले बाख्रापालन गर्न व्यस्त छन् । त्यस्तै बढैयाताल गाउँपालिकामा खसी पाल्नेको संख्या बढेसँगै सहकारीले घरघरबाट खसी किन्न सुरु गरेपछि महिला किसानमा उत्साह थपिएको छ ।

यस्तै मुनावस्तीकी देवी अर्याल पनि दसैं राम्रो हुनेमा ढुक्क छिन् । दसैंको मुखमा उनले दुईवटा खसी १६ हजार रुपैयाँमा बेचेकी छन् । ‘खसीको मूल्य नपाउँदा सधैं ठगिन पथ्र्यों,’ उनले भनिन्, ‘आफ्नै अगाडि तौलेर खसी बेच्दा राम्रो आम्दानी भएको छ ।’ यसैगरी विभिन्न समूहमा आवद्ध महिलाले पालेका खसीबाख्रा उचित मूल्यमा सहकारीले खरिद गरेपछि बढैयाताल गाउँपालिकाका महिला किसानलाई बाख्रापालन आम्दानीको भरपर्दो स्रोत बनेको छ...

Source