Follow us: Youtube Android App
Somersby Nepal
होटल बुकिङ उच्च, दशैं हेर्न आउँछन् पर्यटक
१२ असोज २०७४


काठमाडौं । दशैंको मध्यतिर आइपुग्नै लाग्दा होटलमा पनि चहलपहल बढेको छ । विगतका वर्षको तुलनामा होटल बुकिङ उच्च रहेको छ ।

अहिलेसम्म होटल क्षमताको करिब ४५–५० प्रतिशत बुकिङ भइसकेको छ । होटल संघका अनुसार यो बुकिङ दशैंको अन्त्यसम्म ७५ प्रतिशतसम्म पुग्नेछ । काठमाडौं, पोखरा लगायतका सहरमा होटल बुकिङ उच्च छ ।

होटल एसोसिएसन अफ नेपाल (हान) प्रवक्ता विनायक शाहका अनुसार यो वर्ष चितवनमा भने विगतका वर्षको जस्तो उत्साह देखिएको छैन । “नारायणगढ–मुग्लिन सडक बिग्रिएकाले यो वर्ष चितवनको बुकिङ भने सन्तोष जनक छैन,” प्रवक्ता शाहले भने, “सडकको बाटो भएर जान लामो समय लाग्ने र धुलो र धुवाँको सामना गर्नु पर्ने, प्लेनबाट जाँदा महँगो पर्ने भएकाले चितवनमा पर्यटकको चाप घटेको छ ।”
ad

पर्यटक नेपालको मौलिक विशेषता भएको दशैं हेर्नकै लागि पनि आउने गरेका छन् । “दशैं, तिहार जस्ता हाम्रा मौलिक चाडपर्व हेर्न पनि कति पर्यटक यो सिजनमा आउन थालेका छन् । यस कारण पनि दशैंमा पर्यटकको संख्या बढ्दै गएको छ,” शाह भन्छन् ...

Source