Follow us: Youtube Android App
Somersby Nepal
मेरापिक हिमाल आरोहण गरी रेकर्ड कायम गरे दुवै खुट्टा नभएको हरिले
१७ असोज २०७४


दुवै खुट्टा नभएका ३८ बर्षिय हरि बुढा मगरले ६ हजार चार सय ७६ मिटर उचाईको मेरापिक हिमाल आरोहण गरी रेकर्ड कायम गरेका छन् । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

६ हजारभन्दा माथिका हिमाल आरोहण गर्नेमा उनी दुवै खुट्टाविही पहिलो आरोही हुन् ।

हिमालयन स्की एन्ड ट्रेकमार्फत यही असोज ३ गते बिहान ९ बजे उनी हिमालको चुचुरोमा पुगेको आरोहण दल प्रमुख कृष्णा थापा मगरले जानकारी दिए ।

बेलायती गोर्खा सैनिक उी लडाईमा दुवै खुट्टा गुमाउनुपरेपछि परिवारसंग बस्दै आएका छन् ।

सन् २०१० मा अफगानिस्तानमा भिडन्त हुँदा बम लागेर उनले दुवै खुट्टा गुमाउनुपरेको थियो ।