Follow us: Youtube Android App
Somersby Nepal
चितवनमा केरा खेतीः गर्नेलाई राम्रोे आम्दानी, नयाँलाई जग्गा नपाएर हैरानी
२१ असोज २०७४


चितवन । चितवनको चैनपुरमा केरा लगाउने ठाँउ नै पाइन छाडेको छ । केरा उत्पादको पकेट क्षेत्रका रुपमा परिचित चैनपुरमा थप केरा खेतीको योजना बनाएका युवा जग्गा नपाएर हैरान छन् ।

जिल्लामा बढ्दै गएको जग्गा प्लटिङले केराका किसानलाई समस्या पारेको छ । तयार हुन लागेको केरा मासेर जग्गा छाडनुपर्ने अवस्था समेत आएको चितवन केरा उत्पादक संघ अध्यक्ष विष्णुहरि पन्तले गुनासो गरे ।

‘केराभन्दा माटोको कारोबारबाट बढी आम्दानी हुने भएपछि के भयो र ? ‘ पन्तले भने, ‘राज्यको नीति पनि छैन । किसानलाई कुनै राहत र। सहुलियत पनि छैन ।’

हिजोआज केरा खेतीका लागि सस्तो मूल्यमा जग्गा भाडामा पाउन नै मुस्किल हुने गरेको किसानहरुको दुखेसो छ । उत्पादन बढ्दै गए पनि केरा किसानहरुले व्यवसायबाटै विस्तापित हुने खालका समस्या झेल्न बाध्य छन् ...

Source