Follow us: Youtube Android App
Somersby Nepal
उदघाटन नहुँदै ‘फिस रिसोर्ट’मा पर्यटक भरिभराउ
२१ असोज २०७४


कैलाली । धनगढीमा आन्तरिक र वाह्य पर्यटकका लागि आकर्षक गन्तव्य निर्माण हुने क्रम बढेको छ ।

परिवार सहित घुम्न निस्कने ठाउँको अभाव भइरहेका बेला धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बडहरामा निर्मित फिस रिसोर्टले केहि हदसम्म त्यसको आवश्यकता पूरा गरेको छ ।

करिब ५० लाखको लागतमा कैलालीको धनगढीमा फिस रिसोर्ट सचालनमा आएसंगै पर्यटकको संख्या समेत बढ्दै गएको हो ।

सुभश्री प्यालेसमा स्वीमिङ पुल र हसनपुरमा एयरक्राफ्ट म्युजियम स्थापना भएसंगै धनगढीमा पछिल्लो समय निमार्ण भएको फिस रिर्सार्टले पर्यटकिय गतिबिधि अझ बढाएको छ ।

धनगढीका युवा उद्यमी दिनेश राज भण्डारी र श्याम जोशीको झण्डै ५० लाखको लगानीमा निमार्ण भएको फिस रिसोर्टको औपचारिक उदघाटन नहुँदै त्यहाँ आन्तरिक पर्यटकहरुको आवागमन बढीसकेको छ...

Source