Follow us: Youtube Android App
Somersby Nepal
जापान र कोरिया जान छाडेर गाउँमै गाइपालन, मासिक सात लाख आम्दानी
२१ असोज २०७४


लमजुङ । गरे के हुन्न भन्ने उदाहरण लमजुङ पाउँदीका धु्रवराज पोखरेलले देखाएका छन् ।

लमजुङ सुन्दरबजार नगरपालिका–७, पाउँदीका धु्रवराज पोखरेलले गाउँमै गाई पालन ब्यवसाय गरेर मासिक लाखौं आम्दानी गर्न सफल भएका हुन् ।

कुनै बेला जापान र कोरिया जानका लागि हिडेका पोख्रेलले चार बर्ष यता सुरु गरेको गाईपालनबाट मासिक सात लाखसम्म कमाउन थालेका हुन् ।

पोखरेलले पाउँदीबजार छेउको १५ रोपनी जग्गा भाडामा लिएर ४२ वटा गाई पालेका छन् भने ४० रोपनी जग्गामा घाँस खेती गरेका छन् । ३७ वर्षीय पोखरेललाई यस व्यवसायमा परिबारका सदस्यले समेत सघाएका छन् ...

Source