Follow us: Youtube Android App
Somersby Nepal
कृषि अनुदान उपलब्ध गराइदिन्छुभन्दै ठगी
२२ असोज २०७४


झापा । ‘कृषि अनुदान उपलब्ध गराइदिन्छु’ भन्दै एक जनाले कृषकबाट रु २० लाखभन्दा बढी ठगी गरेकोे छ ।

इलाम घर बताउने विनोद राईले डेनमार्क सरकारबाट प्राप्त कृषि अनुदानको प्रलोभन देखाएर रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका २८ जना कृषकबाट उक्त रकम ठगी गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जनाकारी दिए ।

“कृषकलाई बंगुरपालन, कुखुरापालन, गाईपालन, अलैँची खेती लगायतका शीर्षकमा अनुदान मिलाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको छ”– प्रनि विष्टले भने, “मोटो रकमको प्रलोभन देखाएर ठगी गरेको पाइएको छ ।”
ad

पीडक विनोद राईले आफ्नो नाम, ठेगाना गलत बताएको पनि उहाँले बताउनुभयो । “हामीले पीडक राईको परिचयपत्र फेला पारेका छौँ”– प्रहरी निरीक्षक विष्टले भने, “अनुसन्धान भइरहेको छ, छिट्टै दोषी समातिन्छ ...

Source