Follow us: Youtube Android App
Somersby Nepal
बेलायती विश्वविद्यालय पढ्ने विद्यार्थी घटे
३० असार २०७४


बेलायती विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिने विद्यार्थी संख्या घटेको छ । गत वर्षको तुलनामा यसपटक २५ हजार आवेदन (४ प्रतिशत) घटेको भर्ना लिने एउटा निकाय यूकासको तथ्यांकले देखाएको हो ।

बेलायतमा नर्सिङ पढ्न आउने विद्यार्थीको दर १९ प्रतिशतले घटेको छ । इंग्ल्याण्डमा सन् २०१२ मा विश्वविद्यालयको शुल्क बढाइएपछि पहिलोपटक यसरी विद्यार्थीका आवेदन घटेको बीबीसीले जनाएको छ । यसैवर्षदेखि इंग्ल्याण्डमा शूल्क बढाएर वार्षिक ९ हजार २ सय ५० पाउण्ड पुरयाइंदैछ भने आउँदो अटम सिजनबाट विद्यार्थीले लिएका ऋणको ब्याज ४ दशमलव ६ प्रतिशतबाट ६ दशमलव १ प्रतिशत वृद्धि गर्ने तयारी छ । युरोपेली युनियन (ईयू) देशबाट अध्ययनका लागि आउने विद्यार्थी पनि ५ प्रतिशतले घटेका छन् । 

यूकासको तथ्यांकमा बेलायतका चार राज्यमध्ये इंग्ल्याण्डमा गत वर्षको तुलनामा ५ प्रतिशत कम (४ लाख ३७ हजार ८६० आवेदन), स्कटल्याण्डमा १ प्रतिशत थोरै (४८ हजार ९४०), वेल्समा ५ प्रतिशत कम (२२ हजार ५३०) र उत्तरी आयरल्याण्डमा ४ प्रतिशत न्यून (२० हजार २९० आवेदन) परेको छ । यद्यपि, युरोपेली युनियन देशबाहेकका ............



 

Source