Follow us: Youtube Android App
Somersby Nepal
वैज्ञानिकले बनाए यस्तो टुथ ब्रस जसले १० सेकेण्डमै सफा गर्नेछ दाँत
३१ असार २०७४


विश्वमा पहिलोपटक एउटा यस्तो हातले समाउनु नपर्ने दाँत माझ्ने ब्रस तयार भएको छ जसले केबल १० सेकेण्डमै दाँत सफा गर्नेछ । यो टुथब्रस बनाउने कम्पनीको दाबी छ की यो ब्रसको प्रयोग गरेर तपाइँले दाँत माझ्दा खर्च हुने जिवनको १ सय ८ दिन बराबरको समय बचत गर्न सक्नुहुनेछ ।

एमाब्रस नामक उक्त टुथब्रसको प्रयोगबाट तपाइँले दाँत घोटिरहने, कुल्ला गर्ने तथा फ्लस गर्ने समस्याबाट छुटकारा पाउनुहुनेछ । प्रयोगकर्ताले मुखमा ब्रस छिराइसकेपछि केबल एक बटन थिच्नुपर्नेछ र १० सेकेण्ड पर्खिनुपर्नेछ । त्यसपछि दाँत पूर्णरुपमा सफा हुनेछ ।

यो टुथब्रसमा तिनवटा भाग छन् । एउटा सिलिकनको माउथपिस, अर्को ह्याण्डपिस र अर्को टुथपेष्ट क्याप्सुल । ब्रस गर्ने समय यी तिन भागलाई एकसाथ .................

Source